त्रिदेशीय शृङ्खलामा सुखद नतिजा निकाल्न तयार छौं: कप्तान पौडेल
काठमाडाैं | फागुन १, २०७९
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया, स्कटल्यान्ड र आयोजक नेपालबीच हुने त्रिदेशीय शृङ्खलामा सुखद नतिजा निकाल्नका लागि टोली तयार रहेको बताएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रतियोगिता सुरु हुनुअघि आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान रोहितले नयाँ प्रशिक्षकसँगको १० दिने अभ्यासले खेलाडीको मनोबल उच्च भएको भन्दै सुखद नतिजा निकाल्न टोली तयार भएको बताएका हुन् । एक हप्ताअघि मात्र औपचारिकरूपमा नियुक्त भएका प्रशिक्षक मोन्टी देशाईसँग आफूले उमेर समूहका धेरै खेल खेलिसकेको र नयाँ प्रशिक्षक भए पनि घुलमिल सहजै भएको रोहितको भनाइ छ । घरेलु मैदानमा हुने शृङ्खला निकै महत्त्वपूर्ण रहेको भन्दै घरेलु मैदानको भरपुर सदुपयोग गर्ने उनले बताए ।
यस्तै नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले छोटो समयको अभ्यास निकै फलदायी भएको र १० दिनको अवधिमा आफूले खेलाडीमा भएको क्षमतालाई निखार्न प्रयास गरेको बताए । प्रशिक्षणको क्रममा आफूले नेपाली खेलाडीमा धेरै क्षमता देखेको र खेलाडीले त्यो क्षमतालाई खेलमा देखाउनेमा आफू विश्वस्त रहेको उनले बताए ।
देशाईले भोलि मङ्गलवारदेखि आयोजना हुने शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिसकेका छन् भने शृङ्खलामा सहभागी हुन स्कटल्यान्ड र नामिबिया पनि नेपाली आइसकेका छन् । खेलअघिको पत्रकार सम्मेलनमा स्कटल्यान्ड टोलीका कप्तान रिची बेरिङटनले पनि लिग–२ तालिकामा आफ्नो टोली बलियो अवस्थामा रहे पनि घरेलु दर्शकको उत्साहजनक साथ पाउने नेपालसँग खेल्न सहज नहुने बताए ।
यस्तै स्कटल्यान्डका प्रशिक्षक सेन बर्गरले पहिलो पटक नेपाली टोलीसँग नेपालमा प्रतिस्पर्धा गर्न कठिन हुने बताए । आफ्ना खेलाडी विभिन्न महादेशबाट रहेकाले नेपालको वातावरणमा छिट्टै घुलमिल भएर राम्रो क्रिकेट खेल्ने उनको भनाइ छ ।
नामिबियका प्रशिक्षक मोर्ने मोर्कलले लिगमा आफ्नो टोलीको छ वटा खेल बाँकी रहेको र बाँकी सबै खेल निकै महत्त्वपूर्ण रहेको बताए । उनले आफ्नो टोली शीर्ष चारमा अटाइसकेको र आफ्नो लक्ष्य दोस्रोमा पुग्ने लक्ष्यमा रहेको भन्दै नेपालको भ्रमण राम्रो बनाउने योजना रहेको बताए ।
शृङ्खलाअन्तर्गत स्कटल्यान्डले विश्व कप लिग–२ मा अन्तिम चार खेल नेपालमा खेल्दैछ । स्कटल्यान्डले जुन र जुलाईमा जिम्बाबेमा आयोजना हुने विश्व कप छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने नामिबिया दोस्रो स्थानमा अटाउने योजनाका साथ खेल्नेछ । शृङ्खलामा नेपाल २४ खेलमा १८ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । स्कटल्यान्ड ३२ खेलमा ४६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ भने नामिबिया ३० खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ ।
नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित शृङ्खला भोलि मङ्गलवारदेखि फागुन ९ गतेसम्म हुनेछ । शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग भोलि खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्यान्डसँग शुक्रवार खेल्नेछ । नेपालले शनिवार नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्यान्डसँग फागुन ९ गते पुनः खेल्नेछ ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

